जिल्ला प्रमुख प्रहरीलाई डिआईजी खापुङको निर्देशन : चाडपर्व सुरक्षित बनाउने व्यवस्था मिलाउनु

<span class='c1'>जिल्ला प्रमुख प्रहरीलाई डिआईजी खापुङको निर्देशन</span> <span class='c2'>: चाडपर्व सुरक्षित बनाउने व्यवस्था मिलाउनु</span>

विराटनगर । कोशी प्रदेश कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वलाई मर्यादित, भररहित बनाउने गरी सुरक्षा व्यवस्था मिलाउन मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । घटस्थापनाको पूर्व सन्ध्यामा बुधबार डिआईजी खापुङले बिजया दशमीको शुभकामना सन्देशसहित चाडपर्वलाई हर्सोउत्लास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागूऔषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न कडाईका साथ लाग्न भनेका छन् । सिमा नाकाहरुमा कडाईका साथ चेकजाँच गर्न तथा चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिएका हुन् ।

चाड पर्वलाई लक्षित गरी खेलिने तास, जुवा, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पूर्णरुपमा नियन्त्रण गर्न, फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाईका साथ निरन्तरता दिन र बिशिष्ठ व्यक्तिहरुकोसुरक्षा तथा महत्वपुर्ण प्रतिष्ठानहरुको सुरक्षामा त्रुटिरहित तवरबाट सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।

उनले मौसम प्रतिकुलताको कारण वाढी, पहिरो, डुवान जस्ता बिपदका घटनाहरु भईरहेको अवस्थामा प्रहरी संवेदनशील भई अन्य सुरक्षाका निकायहरुसंग समेत समन्वय र सहकार्य गरी आफुसंग भएको सिमित साधन स्रोतको अधिकतम प्रयोग गरी परिचालन हुन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्