रंगेलीको सन्सारी माईस्थानमा फुलपाती भित्र्याउने तयारी सुरु, जमराको लागि ११ केजी बीज छरियो

<span class='c1'>रंगेलीको सन्सारी माईस्थानमा फुलपाती भित्र्याउने तयारी सुरु,</span> <span class='c2'>जमराको लागि ११ केजी बीज छरियो</span>

इशु पन्त
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित सन्सारी माइस्थान मन्दिरमा बिहीबार घटस्थापनाको अवसरमा ११ केजी बीजको जमरा राखिएको छ । पूर्वकै प्रसिद्ध शक्तिपीठको रुपमा रहेको मन्दिरमा प्रादेशिक फूलपाती बढाँईको तयारी समेत सँगै सुरु गरिएको छ ।

काठमाण्डौको हनुमानढोका मन्दिरमा झैँ यहाँ पनि यो विशेष कार्यक्रम प्रदेश सरकारको उपस्थितिमा हुने गरेको छ । फूलपातीको दिन पहिलो बली मन्दिर व्यवस्थापन समितिले दिएपछि नेपाली सेनाले समेत बली दिने गरेको छ । फूलपाती बढाँईमा यहाँ नेपाली सेनाको कटहरी–४ थलाहास्थित भैरव गण सरिक हुँदै आएको छ।

मन्दिरको केन्द्रमा विशाल वृक्षको छाँयामा संसारको मूर्ति अवस्थित छ भने वरिपरि नवदुर्गाका विभिन्न रूपहरू – शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघंटा, कूष्माण्डा, स्कंदमाता, कात्यायनी र कालरात्रिको मूर्ति रहेको छ। विशेष गरी घटस्थापनाको दिन गुरुहरुद्वारा ११ किलो विज (जौ, गहुँ, मकै)को जमरा राखेर पूजाको प्रारम्भ गरिन्छ। दशैंमा नवदुर्गाको विशेष पूजा यस मन्दिरमा गरिन्छ।

संसारी माइस्थान मन्दिरमा घटस्थापनादेखि दैनिक चण्डी पूजा गरिने चलन छ। यो मन्दिरमा विशेषतः बली चढाउने प्रथा रहेको छ। भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। यस वर्ष फूलपातीको अवसरमा १० हजार भक्तजन उपस्थित हुने अनुमान समितिले गरेको छ। टीकाको दिन भक्तजनहरूले मन्दिरको जमरालाई आफ्नो घरको जमरासँग मिसाएर प्रसादको रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजीव श्रेष्ठका अनुसार फूलपाती बढाँईका लागि पत्राचार सुरु गरिएको छ । घटस्थापनाको दिनदेखि दैनिक सन्ध्याकालिन दुर्गा आरती ११ जना पण्डितहरुको उपस्थितिमा हुनेछ । अहिले फूलपातीका लागि पण्डाल तथा अन्य तयारीको काम सुरु गरिएको छ । यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पत्राचार गरिसकिएको छ । त्यस बाहेक प्रदेश सरकारका मुख्यमन्त्रीको प्रमुख उपस्थितिमा हुने फूलपाती बढाँइको कार्यक्रममा सरकारका अन्य मन्त्रालयका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई निमन्त्रणा पठाउने काम भईरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । मन्दिर क्षेत्रमा मन्दिर व्यवस्थापन समिति बाहेक भक्तजनले समेत जमरा राखेका छन् । विधिवत रुपमा मन्दिरमा जमरा राखिसकेपछि सर्वसाधारणले समेत जमरा राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्