विराटनगर बजार नचिन्ने दशैं

<span class='c1'>विराटनगर बजार</span> <span class='c2'>नचिन्ने दशैं</span>

हिन्दूहरुको महान पर्व दशैंको शुभारम्भ बिहीबार घटस्थापनामा जमरा राखेसँगै सुरु भएको छ । जमरा संस्कृती एउटा मौलिक छ । जसको महत्व दशमी दिन पर्सादको रुपमा प्रयोग गरेर दर्शाउने चलन छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुँदैनन् । त्यहि भएर पनि जमरा जौको अङ्कुरणलाई बढी प्रचलनमा राखिएको छ । जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अंकुरित बिरुवालाई समेत जमराको रुपमा प्रयोग गर्ने उस्तै चलन छ । हिन्दू संस्कारमा माटो, पानी, हावा, फूल जस्ता वनस्पतीको अन्योन्याश्रित सम्बन्धलाई पनि देखाउन खोजिएको छ । त्यति मात्रै नभई जौ धरतीमा उत्पादन भएको पहिलो अन्न मानिन्छ । मानव सभ्यताको पहिलो अनाज सिर्जना, जौ भएका कारण पनि जमरामा यसको महत्व विशेष रहेको छ । घटस्थापनाको पृष्ठभूमिसँगै विजय दशमीको अवसरमा सबैमा शुभकामना ।

नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी सहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् । जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदै, माटोमा जरा छोडेर बढ्दछ त्यसरी नै समृद्धिमा नेपाल लम्किन प्रेरणा मिलोस् कामना । हाम्रा आफ्नै मौलिक चाडपर्वले हाम्रो आफ्नै बजारलाई छुन छोडिकसेको छ । दशैंले त्यसको अन्त्य गर्ने चिन्तन समेत जगाउनु पर्दछ । मौलिक संस्कार, परम्परा र मानवीय आधारहरु बलिया हुँदाहुँदै हाम्रा मानसिकता फेरिएकाले अहिले उपभोक्तावादी संस्कार हावी हुँदै गएका छन् ।

जसका कारण आफ्नै चाडपर्वले आफ्नै बजारलाई छुन सकिरहेको छैन । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । नेपालमा जरा भएका हामीले आफ्नो बजार छोडेर सीमापारी बजारमा हाँगा फैलाउने मनस्थिति दशैंसँगै फेरिनु जरुरी छ । बहुमूल्य मौलिक संस्कार र परम्पराको जगलाई मौलिक मान्यतासहितको आफ्नै पारामा चलाउनु उचित हुन्छ । त्यसैले नेपालीहरुको चाडले नेपाली बजार नै चिन्नुपर्दछ । तर, कोशी प्रदेशको मुख्य व्यापारिक केन्द्र विराटनगर दशैंमा देखिएको शुन्यताले हामीलाई घाटा बनाउने छ ।

यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस् अनि नेपालीका मनमा स्वज्ञान पनि पलाओस् । कतिपय अवस्थामा नीतिगत समस्याले नेपाल र भारतका बजारमा सामाग्रीको मूल्यमा अन्तर होला । तर, भारतले हाम्रो सीमा क्षेत्रका बजारहरुलाई हामीमार्फत नै निस्क्रिय बनाईरहेको कुरालाई भुल्न भने हुँदैन । नेपालीको चाडपर्वले नेपाल भित्रकै सामान प्रयोग बढाउँदा मात्रै यसको महत्व आर्थिक रुपमा समेत सवल बनाएर बढाउँछ । हामी आफैंले आफैंलाई उकास्ने हो । त्यसका लागि सरकारले अत्यावश्यक वस्तुमा लगाउने भन्सार दरलाई परिमार्जन गरेर नेपाली बजार उकास्ने मनोविज्ञानलाई बढाउन देवी दुर्गा माताको प्रसादले विवेक बढाउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्