दशैं, चङ्गा र मामाघर

<span class='c1'>दशैं, चङ्गा</span> <span class='c2'>र मामाघर</span>

-इशु पन्त
दशैं हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो। दशैं विशेषत नेपालीहरुले मात्र मनाइने चाड हो। नौ दिनसम्म भगवतीको पूजा गरेरे दसौं दिनका दिन मान्यजन हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ। दशैं यस्तो पर्व हो, जहाँ विशेष दुर्गा भगवतीका साथै आफ्नो कुलको पूजा गरिन्छ। कुलको पूजा र सरसफाइमा पुरुषलाई मात्र स्थान दिने गरिएको छ । हामीले बाहिरैबाट हेरिरहने गर्दै गर्दा कुललाई किन छुन मिल्दैन भने प्रश्न हरेक दशैंमा आउँथ्यो। त्यसै क्रममा भदौमा मात्र यही कुलको सन्दर्भ कुरा उठिरहँदा हजुरआमा र काकाको मुखबाट सुन्न पाइयो ‘स्त्रीले छोयो मात्रै भने पनि पाप लाग्छ’ रे ! तर हेर्न चाहिँ मिल्ने कुरा गरेपनि काकीले किन हेर्नु हुँदैन भने थाहा हुँदा हुँदै भनेको नमान्दा त भनिरहँदा त मन नै खिन्न भयो।

आफ्नो कुल हरेक दशैंमा पूजाकोठा बाहिरै बसेर हातमा फूलपाती राखेर पुकारिन्छ। कुल देवताको सरसफाई, पखालपुखुलदेखि पूजापाठ काकाहरु, बाबा, दाई भाइले गर्दै आएका छन्। तर, एक्कासी म र दिदीलाई कुत्कुती लाग्यो हामीले पूजा गरिरहने कुल देवताको स्वरूप कस्तो होला ? हजुरआमाले यत्रो समय भएपनि आफूले त नछोएको ,स्त्रीले छोयो भने कुल रिसाउँछन् भनेर आँट नगरेको बताउनु भयो। हजुरआमाले भने अनुसार हाम्रो कुल परासर गोत्र जहाँ ठूलो घोडामा चढेर हिँडेका थिए । त्यही चित्र धातुमा कोरिएको छ । हरेक कुरामा छोरा र छोरीलाई फरक स्थान दिएको छ । उहि कुलमा जन्मेका छोरालाई मात्रै पुजा गर्ने मौका दिएर दशैंमा छोरीको पाउ ढोग्दा भाग्य ठान्नु खासै गतिलो नमान्नु जस्तो हुन्छ ।

हजुरआमाले दशैंमा हरेक वर्ष घरमा खसी काट्दै आएको कारण त्यही चलन टेकिदै आएको छ। आज भन्दा सात वर्ष अगाडि मैले खसी काटिरहेको मान्छेको बिँड रम्झम हेरिरहँदाको घटना हो यो। खसी मेरो अंकल लाछुले सधैं काट्नु हुन्छ । मान्छे पनि निकै आाँटिलो हुनुहुन्छ। त्यो दिन खसी एकै पटक नकाटिएर अर्को चोटि फेरि मार हान्दा रोएको आवाज सुनेको दिनदेखि मासु खान मैले छोडेकी हुँ।

दशैंमा मासु नखाई त कति दशैं नआएको जस्तो हुने मलाई अहिले फुकै भात पनि रुचाउने भाकी छु । काँचै कलेजो खानेदेखि मासुको चिल्लो झोल मात्रै भए नी पुग्ने मलाई दशैं चाडले दसौं पाठ सिकायो। कुल देवता पुज्नुमा विभेद देखि आफूले पैसा कमाउँदादेखि कपडा किन हराएको रंगसम्म यस पर्वले सिकाएको छ ।

दशैं अगाडिका दिन अबदेखि मामाघर नजाने भनेर घुर्की सबै पग्लिन्छ। घरमा हजुरआमा, दुइटा काका–काकी, ममी–पापासंग टीका लगाए पनि मामाघर नगइँनन्जेल सम्ममा दशैं नै आउँदैन। वर्षमा एकचोटि भेट हुने आफन्त पनि कति नजिक जस्तो लाग्छ। दशैं पर्वले भेटाएको आफन्तलाई दुःख सुखका कुरा पेट भरी मन खोलेर भनिन्छ। म आठ वर्षको हुँदा चितवनबाट आऊनू भएको सानीआमा ४÷५ दिन बसेर जानु भएको थियो। म स्कुल जाँदा पनि किन जानु भएको अझै केही दिन बसेको भए हुन्थियो भनेर न्यारियएको थिए । अहिले ठूलो भएर बुझने भएपछि भेटिनु छुटिनु बहाना मात्र हो भनेर थाहा पाएपछि सजिलो हुन थालेको लाग्छ।

मामाघरमा अबेर रातिसम्म लंगुर बुर्जा परिवारसँगै खेल्दा त बल्ल दशैं आएको अनुभव हुन्छ। घर आगनमा ढोल बजाएको नसुनी पनि दशैं आए जस्तो लाग्दैन। दशैंलाई बोलाएको डोलको गुन्जन, पारिजातको बास, नयाँ लुगा, राता अबीरले दशैंलाई स्वागत गरिरहेको हुन्छ। दशैंमा आजभोलि चङ्गा उडाएको कम नै देखिने गरेको छ । म तीन वर्षको हुँदा पापाले चङ्गा उडाउँदै गर्दा अर्को चङ्गासंग जुधेर धागो काटिएको थियो। काटिएको धागोले काटिएको घाउलाई पनि चर्यायो । जहाँ काटिएको चङ्गा छतको डिलमा अड्किएको थियो। घाइते चङ्गा लिन जाँदा मेरो पापा छतबाट चङ्गा भेटियो भनेर खुसीले भुई कुल्चिन जान्नु भएन छ र खुट्टा भाँचियो, प्लष्टर गरियो।

अलिक समय ठूलो भएपछि एल्बमको फोटो देखियो र त्यही फोटो झल्को आएपछि के भएको हो भनेर सोधेकी थिए । अब त चङ्गा पनि मन पर्दैन मलाई, उड्ने चिजलाई नियन्त्रण नै गर्नु हुँदैन तर हवाईजहाज बाहेकका कुरा। की उडिरहन दिनु पर्यो आफ्नै बेगमा स्वात्रन्त भई, की त मनोरञ्जनले आकाश छुनू पर्यो। मलाई चङ्गा मन पर्छ पनि मन पर्दैन पनि । हावाले र आफूले खेल्ने खेल सधैं उही , अब उडाएको मात्र हेर्न मन लाग्ने भएको छ। मैले कोसिस गरे तर पोहोर साल सकिन उडाउन एतिकै छोडिदिए । यस्ता मौलिकताहरु अभ्यासमा ल्याई रहनु पर्छ। चङ्गा र लिङ्गे पिङ दुवै उस्तै रहेछन। चाडबाडमा भुइँबाट केही छिनको लागि खुट्टा छोडेर मनोरंजन गरिने अवस्था रहेको छ। चङ्गा माथि उडिन्हजेल कति स्वर्ग आनन्दित हुने र लिङ्गे पिङमा पनि मच्चिदासम्म कति आनन्द हुन्छ। दशैंमा लिङ्गे पिङ खेले स्वर्ग पुगिन्छ भनिने विश्वास पनि छ। स्वर्गै पुग्न त हैन तर दशैं बुझ्न पिङ खेलिदै आएका छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्