उत्साहले भरियोस् दशैं, शुभकामना

<span class='c1'>उत्साहले भरियोस्</span> <span class='c2'>दशैं, शुभकामना</span>

प्रत्येक आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्मका पन्ध्र दिनलाई बडादशैँ भनिन्छ । दशैँ नेपालीहरुको सबैभन्दा प्रिय चाड हो । नेपालको राष्ट्रिय चाड पनि हो । यस वर्ष असोज १७ गते देखि दशैँ सुरू भएको छ । खासगरी दशैँ आश्विन प्रतिपदादेखि सुरुभई पूर्णिमासम्म पन्ध्र दिन नै हो । दशैँको महत्वपूर्ण दिन दशमी तिथी हो, यसलयाई विजया दशमी पनि भनिन्छ । दशमी अगाडीका नौ दिनलाई नौरथा भनिन्छ ।

घटस्थापनाको दिन घर–घरमा शुभ साइतमा जमरा राखिएको छ । दुर्गापूजा गर्दै भगवतीका प्रत्येक दिन भिन्नभिन्न स्वरुपको पूजा गरिन्छ । सप्तमीको दिनलाई फूलपाती भन्छि । यस दिनदेखि नेपालीका घरघरमा दशैं औपचारिक रुपमा अथवा उत्साहको रुपमा भित्रन्छ । सप्तमीको दिन उचित साइतमा नवपत्रीका वा नौ थरीका फुलपाती घरमा भित्र्याउने चलन छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौ–नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन रहेको छ । अष्टमीको दिन महागौरीको पूजा गरिन्छ । यसैदिन महालक्ष्मीको पूजा गरी घरघरमा खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीका बीचको रात्रीलाई कालरात्री पनि भनिन्छ । रातभर जागरण बस्ने र कालरात्री पुजा गर्ने चलन रहेको छ ।

महानवमीको दिन सिद्धिदात्री भगवतीको पूजा गरिन्छ । दशमीको दिन आ–आफ्नो घरको पूजाकोठामा वा मन्दिरमा दुर्गा भवानीको पूजापाठ गरिन्छ । राता अक्षता र जमरा देवीलाई चढाइन्छ र त्यही अक्षता, जमरा र प्रसाद मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिइन्छ । टिकाको साइत सुरु भएपछि दिनभरि मन्यजनबाट टिका, जमरा, प्रसाद ग्रहण गर्ने काम दिन भर चल्दछ ।

दशैंका आफ्नै विशेषताले आफन्तजनबीच भेटघाटको अवसर जुटाउँछ । धेरै टाढा रहेकाहरु पनि दशैंको अवसर पारेर घर फर्कने चलन छ । आफन्तसँग भेटघाट हुन्छ । यो एउटा छुट्टै उत्साह बाँड्ने अवसर पनि हो । साथीसंगी भलाकुसारी र आफन्तमा भातृत्व स्थापीत गर्ने पर्व समेत मानिन्छ । त्यति मात्रै नभई यसले लामो समयसम्म दुश्मनी रहेकाहरुको लागि पनि दुर्गा माताको पर्साद ग्रहणसँगै हटाउने मौका समेत हो । दशमीपछि कोजाग्रत पूणिंमासम्म टिका लगाउने चलन रहेको छ ।

विभिन्न भनाई र किम्बदन्तीहरुमा जे–जे उल्लेख गरेको भएपनि नेपाली र त्यसमा पनि हिन्दूहरुले मुख्य रुपमा दुर्गा माताको आरधना गरेर मनाउने उत्सव वा विजयको पर्व दशैं नै हो । यसको आफ्नै मान्यता छ । जुन पर्वको जस्तो मान्यता छ, त्यहि मान्यता अनुसार मनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्