सुनसरीको एक उद्योगमा आगलागी

<span class='c1'>सुनसरीको एक</span> <span class='c2'>उद्योगमा आगलागी</span>

इनरुवा (सुनसरी) । सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज आगलागी भएको छ । हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्