विश्वको सबैभन्दा अग्लो पुलमा पर्यटकको भीड

<span class='c1'>विश्वको सबैभन्दा अग्लो</span> <span class='c2'>पुलमा पर्यटकको भीड</span>

एजेन्सी । चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ ।

चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य बृद्धि भएको स्थानीयको भनाइ छ । त्यहाँ होमस्टेहरु प्रशस्त खुलेका छन् । सन् २०२५ सम्म पुलको निर्माण पूणर् रुपमा सकिने जनाइएको छ । ‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घन्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ । बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृहनगर घुम्न आउँदैछन्,’ स्थानीय गाउँले सुआन्जुनले भने ।(सीसीटिभी प्लस/एनएनबी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्