एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार

<span class='c1'>एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी :</span> <span class='c2'>पुरुष टिम लगातार दोस्रो हार</span>

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । यस्तै, नेपालको महिला टिम पनि आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । महिला टिमले शुक्रबार नै ग्वाम र उज्वेकिस्तानसाग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टिमको शुक्रबार अन्य खेल भने छैन । यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो ।

चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो । पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो ।
प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

पुरूषतर्फ
आयोजक नेपाल, फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंका ।

महिलातर्फ
आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्