एक अर्ब लगानीमा स्लाइन र इन्जेक्सन उत्पादन गर्ने उद्योग स्थापना

<span class='c1'>एक अर्ब लगानीमा स्लाइन र</span> <span class='c2'>इन्जेक्सन उत्पादन गर्ने उद्योग स्थापना</span>

विराटनगर । मोेरङको बुढीगंगा गाउँपालिका–२ मा एक अर्ब लगानीमा मेडिसिन उद्योग सञ्चालनमा आउने तयारी सुरु भएको छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरमा नै पहिलो स्लाइन तथा एम्पुल उत्पादन गर्ने पहिलो उद्योग स्थापना करिब अन्तिम चरणमा पुगेको हो ।

चार जना साझेदार मिलेर यो उद्योगमा लगानी गरेका हुन् । जसमा अस्पताल लाइनमा काम गर्दै आएका दिनेश ठाकुर, एसीसी ईटा ग्रुप, रन्जित र रमेश भगतको साझेदार लगानीमा उद्योग स्थापना भएको हो । उद्योगको संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ । तर, अझै छ महिनासम्म संरचना निर्माण गर्न समय लाग्ने लगानीकर्ताहरुले बताएका छन् ।

ढेड वर्षदेखि संरचना निर्माणको काम हुँदै आएको छ । एलेक्सा लाइटसृ साइन्स उद्योगले नेपालमा बिरगञ्जपछि स्लाइन र इन्जेक्सन उत्पादन गर्ने छ । यो एम्पुल समेत उद्योगले नै उत्पादन गर्ने गरी तयारी गर्दै आएको हो । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पछाडी उद्योगको संरचना निर्माणको काम करिब अन्तिम चरणमा रहेको छ । लगानीकर्ताले दशैंपछि यसको औपचारिक जानकारी दिने तयारी गरेको छ । आयात प्रतिस्थापन गर्ने किसिमको यो उद्योग बिरगञ्जपछि कै पहिलो स्लाइन तथा इन्जेक्सन उत्पादन गर्ने हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्