ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस हस्तान्तरण

<span class='c1'>ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स</span> <span class='c2'>जाँच गर्ने डिभाइस हस्तान्तरण</span>

काठमाडौं । ट्राफिक प्रहरीलाई नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डिभाइस हस्तान्तरण गरिएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ट्राफिक प्रहरीलाई सुरुवाती चरणमा १०४ थान फोन हस्तान्तरण गरिएको हो।

यो व्यवस्था लागू भएसँगै सवारी चालकले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाए मात्र पुग्नेछ । नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरले देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने र तत्कालको लागि एक हजार फोन चाहिएको जानकारी दिए । उनले भने,‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोनको आवश्यकता छ भने तत्कालको लागि एक हजार फोन चाहिन्छ ।’

डिभाइसको सहायताले ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्नेछन् । कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्ने र त्यसको मेसेज चालकको मोबाइलमा पुग्ने व्यवस्था रहेको छ ।

स्क्यान गरिएको लाइसेन्सको विवरण प्रहरीको ‘टीभीआरएस’प्रणालीमा अद्यावधिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्