मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-सरु श्रेष्ठ "उदासि"
१ मुक्तक
बनाएर सपना बरु कम भन्दा कम हारिदिने छु
यति सुन कदम कदम हारिदिने छु
जितको चर्चा चल्छ रे तिम्रो सहरमा
म जितेर पनि प्रिय कसम हारिदिने छु

२ मुक्तक

चलि रहेको छ सास मरेको छैन
यहि कुरा त हो खास मरेको छैन
उ अरुकै मान्छे बनी सक्दा पनि,
मलाइ उस्को हुने आस मरेको छैन

३ मुक्तक

नबस्नु है भाबुक बनी चित्त नदुखाउनु
अर्को बर्ष आउँछु म नि चित्त नदुखाउनु
समय र परिस्थिति यस्तै भयो आमा
छोरी माइत आइन भनी चित्त नदुखाउनु

४ मुक्तक

सकियो यो जुनि पनि सुनाइदिनु होला
एकचोटि भावुक बनी सुनाइदिनु होला
छोडी जाने बैगुनिले सोध्यो भने मेरो बारे
तिम्रै पिरले पर्यो भनी सुनाइदिनुहोला

झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्