याे साल त यस्तै भयाे आमा

<span class='c1'>याे साल त</span> <span class='c2'>यस्तै भयाे आमा</span>

-आरजे महेश भट्टराई
याे साल त म दशैंमा आउन पाइन्न
देश राेएकाे छ, सयौंकाे ज्यान गएको छ ,
घरसँगकाे बाटो टुटेको छ , पुल बगेका छन्
उडेर आउने अवस्था छैन , गुड्ने बाटो छैन आमा ।

अरू त के कुरा गराै धेरै ,राजधानी सुरक्षित छैन
हिडाैं भने मरिन्छ कि बाँचिन्छ अवस्था थाहा छैन ,
रित्तो थियो मेराे गाउँ याे साल झनै रितिने भाे
साथीसंगी काेही छैनन् गाउँमा के अवस्था भाे आमा ।

झ्याप्ले खोलामा पहिराे खसेको छ
यात्रु लिएर हिँडेका सवारी साधन पुरिएका छन्
पाेखरा,गाेरखाबाट हिँडेका बसहरू हराएका छन्
वीपी राजमार्ग ठाउँ ठाउँमा बगाएको छ आमा ।

खुर्कोट, घुर्मी,फोक्सिङटारका पुल बगेका छन्
घरबाट हाँसो लिएर हिँडेकाहरू बाटोमा अस्ताएका छन्
राेशीले सयौं घर ,जग्गा , पशु बगाएको छ
काेशी व्यारेजकाे सडकमाथि पानीको भेल बगिरहेको छ आमा ।

आकाशमा कालो बादल देख्दा मन अतालिन्छ
फेरि के हुने हाे कसाे हुने हाे मन बतासिन्छ
बुटवलबाट बंगलादेश हिँडेकाहरू काठमाडौं नपुगि पुरिन्छन्
काठमाडौंदेखि तराई लागेकाहरू त्रिशूलीमा हराउँछन्
देश दुखेको छ , मन राेएका छन् याे साल त यस्तै भयो अर्को साल आउँछुु आमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्