मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-भावना उपाध्याय
मुक्तक १
प्रेम गर्यौ कस्तो खाले? यत्ति सोध्नु छ।
रहरले कि वाध्यताले? यत्ति सोध्नु छ।
के भुल भयो म बाट? के गल्ती गरेँ?
मन दुखायो के कुराले? यत्ति सोध्नु छ।

मुक्तक २
तिम्रै हातले दबाऊ गला अरु के चाहियो?
मृत्यु देऊ मायाको बदला अरु के चाहियो?
कस्ले सक्छ तिमीलाई मुखले ठिक्क पार्न,
जानेकै छौ झुट बोल्ने कला अरु के चाहियो ?

मुक्तक ३
साइनो जोडि मेरै समिप बन्ने धेरै हुन्छन्।
मलाई पनि आफन्त मै गन्ने धेरै हुन्छन्।
सक्छौ भनेँ दुःख पर्दा नजिक बन तिमि,
सुखमा त म छु तेरो भन्ने धेरै हुन्छन्।

मुक्तक ४
चोखो वस्त्र शरिरमा लाउँदैमा पुन्य कसरी हुन्छ?
भन्नुस् दैनिक मन्दिर धाउँदैमा पुन्य कसरी हुन्छ?
भ्रममा राख्न, ढाँट्न, छल्न, माहिर मान्छे हजुर,
मासु नखाँदैमा भजन गाउँदैमा पुन्य कसरी हुन्छ?

बराहताल गाउपालिका-२,
हरिहरपुर "पाग्मा"
सुर्खेत।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्