नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

<span class='c1'>नेप्से परिसूचकमा दोहोरो</span> <span class='c2'>अङ्कको गिरावट</span>

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अङ्कले ओरालो लागेर चार सय ८० दशमलव २३ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर रु चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ ।

नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी छ दशमलव ८३, माण्डु हाइड्रोपावर छ दशमलव ३१, प्रभु स्मार्ट फन्ड पाँच दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

इस्टर्न हाइड्रोपावर आठ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव २४, नेपाल फाइनान्स छ दशमलव ९८, बोटलर्स नेपाल तराई पाँच दशमलव ८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले पाँच दशमलव ५० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्