विराटनगरमा नयाँ जीवनले बचतकर्तालाई दशैंमा पनि दिएन फिर्ता

<span class='c1'>विराटनगरमा नयाँ जीवनले बचतकर्तालाई</span> <span class='c2'>दशैंमा पनि दिएन फिर्ता</span>

इन्दु साह
विराटनगर । विराटनगर–७ मेनरोडमा रहेको नयाँ जीवन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकले सामान्य रकम बचत गर्ने बचतकर्ताको दुईवर्षदेखि रकम फिर्ता गर्न नगरेको पीडितले गुनासो गरेका छन् । सहकारीको बचत फिर्ता लिएर चाडपर्व मनाउने योजना बनाएका उनीहरुले यो दशैंमा पनि फिर्ता नपाएको गुनासो गरेका हुन् ।

नयाँ जीवन बचत तथा ऋण सहकारी संस्थाका संचालक प्रभात खड्काले बचतकर्ताको रकम दिन दुईवर्ष देखि भाखा दिदैं आएका छन् । तर, बचतकर्ताको रकम झिक्न योग्य भईसक्दा सम्म सञ्चालक खड्काले भने दिन आनकानी गर्दै आएको पीडितले बताएका छन् ।

दशैंको बेला काम लाग्छ की भनेर जम्मा गरेको बचत नपाउँदा उनीहरुलाई असजिलो परेको छ । सञ्चालक खड्काले अब चाँडै भुक्तानी गर्छु भनेको मात्रै एकवर्ष भईसकेको छ । दशैँ खर्चको लागि उक्त बचतको रकम आवश्यक भएकोले संचालकसँग उनीहरुले हारगुहार गरेका थिए । निम्न मध्यमवर्गीय परिवारका उनीहरुले सहकारी रकम नदिदाँ दशैं मान्न नसक्ने गुनासो गरेका छन् । ‘कमाईको निश्चित रकमले दैनिक जीविकोपार्जन टारेर केहि रकम बचत गरेका थियौं’ पीडितले भने–अब दशैंमा समेत नदिएपछि त्यसको काम कहिले आउँछ ? उनीहरुका अनुसार सञ्चालकले बचत फिर्ता नदिने तर बचत गर्न रोके उल्टै हप्ताकाउँछन् ।

सहकारीका सञ्चालक खड्काले सबै रकम फिर्ता दिन नसकिने भएपनि केहि रकम दिईसकेको बताए । उनले एकलाख ४० हजारबाट रकम फिर्ता गर्दै ४० हजारमा झारिसकेकोले अब मंसिरसम्म पर्खनु भन्ने आग्रहलाई उनीहरुले नमानेको बताए । उनले सहकारीमा लगानी गरेको ऋण र फिर्ता गर्नुपर्ने रकममा अन्तर नभएकोले चिन्ता नगर्न बचतकतौलाई आग्रह गरेका छन् । ऋण लगानी गरेको रकम फिर्ता आएको छैन, तर बचत फिर्ता माग्नेहरु आईरहनु हुन्छ, खड्काले भने–दैनिक ४० जना बचतकर्ता आउनु हुन्छ तर ऋण तिर्न भने दवाव नै दिनुपर्छ । उनले सबैको मंसिरसम्ममा फिर्ता दिने समेत बताए ।

खड्का सञ्चालित सहकारीबाट यस अगाडी समेत बारम्बार पीडितहरुले रकम फिर्ता नदिएको भन्दै गुनासो गर्दै आएका छन् । उनले सञ्चालन गरेको सहकारीको रकम अन्यन्त्र खर्च गरेका कारण असन्तुलन भएको दावी गरिएको छ । काठमाडौंमा विभिन्न सहकारीको रकम झिकेर ग्यालेक्सी टिभी सञ्चालन गरेजस्तै खड्काले समेत बचतकर्तामार्फत जम्मा गरेको पैसा अन्यन्त्र लगानी गरेर डुबाएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्