मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, एक हजार ३ सय प्रहरी खटाईदै

<span class='c1'>मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना,</span> <span class='c2'>एक हजार ३ सय प्रहरी खटाईदै</span>

प्रेम देवान
विराटनगर । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउन मोरङ प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । मोरङ प्रहरीले यसपटकको चाडपर्वमा सुरक्षालाई मध्यनजर गर्दै एक हजार सय बढी सुरक्षाकर्मी खटाईने मोरङले जनाएको हो । प्रदेशको राजधानी विराटनगरमा बढी मात्रामा चहलपहल, भिडभाड तथा आर्थिक गतिविधि धेरै हुने भएका कारण यहाँको सुरक्षालाई बढी निगरानी राखिने प्रहरीले जनाएको छ ।

चाडपर्वको रौनक सुरु हुँदै गर्दा उच्च सुरक्षा सतर्कता अपनाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् । यसपटकको चाडपर्वलाई अपराधरहित बनाउन ठूलो संख्यामा नेपाल, सशस्त्र र राष्ट्रिय अनुसन्धान लगायतका निकायसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको जोशीले बताएका छन् । चाडपर्वमा भिडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल र सार्वजनिकस्थलको सुरक्षा कडा पारिएको छ । चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप धेरै हुने भएकाले यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष संचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

साथै ‘उच्छृखंल गतिविधि गर्ने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने लगायतलाई कडाइ गरिएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सहितको संयुक्त चेकजाँच बढाउन थालिएको छ ।

बैंकका एटीएम बुथ, पसलहरु, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान एवं आर्थिक गतिविधी धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठानहरु र सरकारी तथा गैर सरकारी कार्यालयमा २४ घण्टा नै निगरानी गर्न थालिएको छ । चोरी, लुटपाट, डकैती तथा जुवाजन्य खेलहरु हुनसक्ने सम्भावित स्थानमा प्रहरी उपस्थित बाक्लो बनाउनुको साथै होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिएका छन् ।

साथै दशैको बेला घरमा ताला लगाएर टाढा जाँदा छिमेकीलाई जानकारी गराएर जान पनि मोरङ प्रहरीले आग्रह गरेको छ । साथै परिवार सहितको घर बाहिर गएर तस्वीरहरु सामाजिक संजालमा नहाल्न पनि मोरङ प्रहरीले सचेत गराएको छ । सामाजिक संजालमा लगाइएको फोटोहरु चोरहरुले निगरानी गरिरहेको हुन सक्ने भन्दै दैनिक अपडेटहरु सामाजिक सजालमा नहाल्न प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्