किन ठोकिन्छन् बरगाछी–ढाटका डिभाइडरमा गाडी, जुन बरगाछी–रानीको मेडियनमा ठोकिदैनन्

<span class='c1'>किन ठोकिन्छन् बरगाछी–ढाटका डिभाइडरमा गाडी,</span> <span class='c2'>जुन बरगाछी–रानीको मेडियनमा ठोकिदैनन्</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–ढाट खण्डको केन्द्रभागमा सडकका लेन विभाजन गर्न सिमेन्टका डिभाइडर छन् ।

बरगाछीदेखि रानीसम्म सिमेन्टका कर्बस्टोनले बुनेको मेडियन छ । मेडियनमा अहिले बिरुवा रोपिएको छ । रोड डिभाइडर भएको बरगाछी–ढाटको क्षेत्रमा भने सधैं साना चार पाङ्ग्रे सवारी बज्रन्छ ।

मंगलबार साँझ एउटा कार रोड डिभाइडरमा ठोकियो । यो पहिलो भने हैन । यस अगाडी पनि डिभाइडरकै कारण धेरै दुर्घटना हुँदै आएका छन् । बरगाछी–ढाटको रोड डिभाइडरमा ठक्कर खाएर भएका दुर्घटनाको अनुपातमा बरगाछी–रानीको मेडियन स्ट्रिप्स सुरक्षित देखिएको छ । सडक निर्माण ढाँचा तयार पार्दा नै कसरी सुरक्षाको विधी अपनाउने भन्ने नहुँदा दुर्घटना पासो भन्दै गएका छन् सिमेन्टका रोड डिभाइडर ।

प्रत्येक वर्ष बरगाछी–ढाट क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका धेरै उपायहरु गर्दै आएपनि न्यूनीकरण भएको देखिदैन । कहिले ट्राफिकको डमी बनाएर, कहिले डिभाइडरमा रिफ्याक्टर राखेर पनि दुर्घटनाबाट जोगाउने उपचार अपनाउने गरिएको छ । कुनै बेला जताततै ट्राफिक डमी लगाइएको थियो । डिभाइडरमा रिफ्लाक्टर लगाएर राती टल्कने गरेको थियो । अहिले डमी पनि छैनन् र रिफ्याक्टर पनि हावा र पानीले उडिसकेको छ । हिउँदे लागेसँगै साँझ पर्नासाथ हुस्सुले अँध्यारो हुन्छ । सडकको भिजिबिलिटी कम हुँदै जान्छ । दुर्घटनाको जोखिम बढ्छ । मोरङ ट्राफिक प्रहरीका प्रमुख राजन लम्सालका अनुसार चालकले पनि लापार्वाही गर्ने गरेको बताउँछन् । उनका अनुसार कार चढ्ने चालकले आफूले कसरी सुरक्षित हुने भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिन्छन् । लेन अनुशासन पालना नगर्दा वा क्रस सेक्सन कसरी र कुन प्रयोग गर्ने भन्ने ध्यान नदिदाँको परिणाम धेरै दुर्घटना हुने गरेको उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्