गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सुरेशकुमार पाण्डे
घरमा ऋणको रास उसैलाई दँशै खास हुन्छ,
एकदिनको ऋण तिर्न वर्षदिन बनबास हुन्छ।

मदिरा नपिउँनु जुवा न खेलौँ थोरै खर्च गरौँ,
जो ऋणमा पर्छ ऊ जीवनभरीको दाश हुन्छ।

स्वाभिमानका कुरा गर्छौँ आर्काको दाश बनी,
त्यसैले हामी विरहरूको पनि उपहास हुन्छ।

बाजेको ऋण बाले बाको ऋण छोराले तिर्दा,
ऋण तिर्दा दिर्दै यहाँ पुस्तौँ पुस्ता लाश हुन्छ।

बा भन्नुहुन्थ्यो घर समाज चल्छ अनुसाशनले,
अचेल सत्य बचन त केवल बिरोधाभास हुन्छ।

घोराही-१८,दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्