नआउनु तिमी

<span class='c1'>नआउनु</span> <span class='c2'>तिमी</span>

-मञ्जु घिमिरे (दाहाल)
अनुरोध छ मेरो
नआउनु तिमी अब
सफलताको उत्सवमा मेरो
बिर्सेक‍ो छैन
तिम्रो बियोगले दिएको रोदन
जतिबेला म रित्तो थिए।

तातो फलामको प्रेमकोआगो
काँडाको वस्ती
मायामा घात
तिमीले त्यागेक‍ो साथ
यो सफलताको उत्सव हो मेरो
नआउनु प्रीर्य मेरो समिपमा
यो सफलताको उत्सवमा
मलाई चर्काउनु छैन घाउ
मुटु झिकेर हातमा
धोको छैन देखाउने
नाटकिय दाउ,
तै पनि छैन ममा
तिम्रो जस्तो कठोरता
मायाको बारिमा डडेलो लगाउने,
प्रेमको बगैँचा फाडेर
आगो सल्काउने
मायाका फुलहरु उखेलेर
आएको धुँवाको मुस्लोमा रमाउने
बरु नआउ मेरो समिपमा
नबल्झाउ चोटहरु
सहभागी भएर
खुशीको उत्सवमा
मेरो प्राथना ईश्वर संग
आँधी हुरी तुफान ले नि
निभाउन नसकोस
खुशीको दियो तिम्रो जीवनको
तर नआइदिनु मेरो खुशी र
सफलताको उत्सवमा।

विराटनगर-३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्