आमा आज दशैँ

<span class='c1'>आमा आज</span> <span class='c2'>दशैँ</span>

- राजेश्वरी सापकोटा (लम्साल)
आमा आज दशैँ।
मेरो आँखाले चारैतिर तपाईँलाई खोजीरहेको छ।
मेरो निधार तपाईँले लगाइदिएको अक्षता थाप्न पर्खिरहेको छ।

मेरो कान तपाईको दिएको दिर्धायुको आशीर्वाद लिन
तेर्सिरहेको छ।
तर अफसोस मैले पर्खिरहेको आमा आज मेरो सामुन्ने
हुनुहुन्न।
जीवनको एउटा शाश्वत सत्य सँगसँगै अस्ताउनु भएको छ।
यो शाश्वत सत्यको जानकारीसमेत भएकी मेरी आमाको
दिर्धायुको आशीर्वादले मलाई चुनौती थपिदिएको छ।

यो चुनौतीलाई सामना गर्न मैले निरन्तर रोग र भोकसंग
लडिरहनु पर्नेछ।
आमा तपाईँको माया अपार छ, त्यो मात्तुत्व स्नेहको
हात मेरो निधारमा सदैव अक्षता बनेर रहिरहनेछ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्