बिराटनगर पुस ११ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरको सस्थाम र सेन्ट जोसेफ कलेजमा बिहिबार रगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । कलेजका कक्षा ११ र १२ मा पढिरहेका बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि ज्योति पोखरेलले बताइन। युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्लाका बिभिन्न शैक्षिक सस्थामा बिद्यार्थीहरुलाई रगत समन्धी सचेतना दिने गरेको छ । यस बर्ष डल्फिन एजुकेसन बिराटनगरको सहयोगमा उक्त सस्थाले सचेतना कार्यक्रम गर्दै आएको छ ।
[caption id="attachment_27855" align="alignnone" width="1920"] सस्थाम कलेजमा रगत सचेतना गर्दै[/caption]