एसबीएससी सिंगीन स्टार सिजन – थ्रीको उपाधी दिव्या गिरीलाई

<span class='c1'>एसबीएससी सिंगीन स्टार सिजन –</span> <span class='c2'>थ्रीको उपाधी दिव्या गिरीलाई</span>

प्रेम देवान
विराटनगर, १४ पुस ÷ गत भदौ महिना देखी विराटनगरमा सुरु भएको एसबीएससी सिंगीन स्टार सिजन – थ्रीको उपाधी डान ईङ्गिलस सेकेण्डरी बोडिङ्ग स्कुलमा अध्ययरत विराटनगर – १ की दिव्या गिरी जितेकी छिन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा विराटनगरमा शुक्रबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै १५ बर्षिय दिव्याले ‘बनेको छ पहाराले ...... बोलको गीत कर्णप्रिय तरीकाले गाएर उपाधि जित्न सफल भएकी हुन् । received_10207836332334968
उपाधिसँगै दिव्याले नगद २५ हजारको साथै ट्रफी प्राप्त गरीन । प्रतियोगिताको फस्ट रनरअफ विराटनगर १७ मा रहेको स्टार बोडिङ्ग स्कुलका १७ वर्षिय सुशान्त रेग्मी भए भने सेकेन्ड रनरअफ राईजिङ्ग नेपाल बोडिङ्ग स्कुलका ग्रिसम श्रेष्ठ भए ।
उनीहरुले क्रमश १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका थिए ।received_10207836332374969
फाईनल राउण्डको निर्णाकहरुमा बरिष्ट संगीतकार बसन्त सापकोटा, गायक प्रवलदिप विश्वास, ज्योती सुब्बा, विकेश के शंकर, राम राउत लगायत रहनुभएको थियो । बिजेता हुने विद्यार्थीहरुलाई प्याब्सन मोरङका सल्लाकार टिकाराम पुरी, मोरङ अध्यक्ष बासुदेव न्यौपाने, कोषाध्यक्ष इन्द्र राई सहकारीको अध्यक्ष विष्णु डंगोल, कार्यक्रम संयोजक रीना थापा लगायले बिजेता हुनेलाई पुरस्कार वितरण गर्नुभएको थियो ।received_10207836332414970

कार्यक्रममा बरिष्ट संगीतकार बसन्त सापकोटा, गायक प्रवलदिप विश्वास, ज्योती सुब्बा, विकेश के शंकरले गीत पनि गाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्