काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेरर तोलामा १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।