विराटनगरमा कति छन् प्राकृतिक पोखरी ? अध्ययन छैन, पुरिन लागेपछि रानी–मण्ठा र धरहवा संरक्षण

<span class='c1'>विराटनगरमा कति छन् प्राकृतिक पोखरी ? अध्ययन</span> <span class='c2'>छैन, पुरिन लागेपछि रानी–मण्ठा र धरहवा संरक्षण</span>

विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले २० वर्ष अगाडी थेसिस गर्दा विराटनगर १० संसारी माईस्थान पूर्वतर्फ एउटा पोखरी थियो । त्यो प्राकृतिक पोखरी अहिले छैन । त्यसबेला विराटनगरको फोहोर फ्याँक्ने गरिएको पोखरी विस्तारै भरिएर अहिले त्यसको नामोनिसान छैन । उपप्राध्यापक अधिकारीका अनुसार त्यस बाहेक विराटनगरमा थुप्रै पोखरी थिए, अहिले सबै पुरिए । उनले आफ्नो अध्ययन भन्दा पनि अगाडीदेखि नै यहाँको विषयमा जानकारी राख्नेहरुले अझै यसको विस्तृत विवरण उपलब्ध गराउन सक्ने भएपनि यसको संस्थागत अध्ययन भने अहिलेसम्म भएको पाइदैन । जनपथटोल, बसपार्क दक्षिण देखिने पोखरी पनि अहिले पुरिएका छन् । व्यक्तिगत जग्गामा रहेका पोखरी पुरिएपनि त्यसको प्राकृतिक महत्व धेरै हुन्थ्यो ।

अधिकारीका अनुसार शहरलाई छोएर वहने नदी वा शहरका भू–भागमा रहेका पोखरी सौन्दर्यका लागि नमूना हुन् । त्यति मात्रै नभई प्राकृतिक र पर्यावरणका लागि अमृत हुन् । शहरका लागि पोखरी जंगल सावित हुने उनको बझाई छ । उनका अनुसार एक हेक्टर क्षेत्रफलमा भएको पोखरीले एक हजार रुखले सोस्ने कार्बन स्टक गर्न सक्छ । त्यस बाहेक फोहोर संकलन गर्ने, बाढी नियन्त्रणमा सहयोग गर्ने समेत पोखरीको महत्व हुन्छ । त्यस बाहेक जलचरलाई सुरक्षा गर्न यसको महत्व पनि उतिकै हुन्छ । खासगरी पोखरीमा एलजी नामको एक प्रकारको वनस्पति हुन्छ । जसले जैविक विविधतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सीमसार र पोखरीको महत्व उतिकै हुने भएपनि विराटनगरमा भने प्राकृतिक पोखरी कहाँ–कहाँ थिए ? कति थिए ? कस्तो अवस्थामा थिए ? भन्ने अध्ययन अहिलेसम्म भएको पाइदैन । उपप्राध्यापक अधिकारीका अनुसार प्राकृतिक पोखरी मासिनु शहरका लागि क्षति हुने उनको बुझाई छ । यति हुँदा हुँदै पनि विराटनगर महानगरपालिकाले अहिले तीनवटा प्राकृतिक पोखरीको संरक्षण गरिरहेको छ । विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा बिराट माईपोखरी नाम दिएर त्यसको संरक्षण गरिएको हो ।

विराट राजा कालिन यो पोखरीलाई स्थानीय बोलिचालीको भाषामा धरहवा भनिन्छ । जहाँ बिराट राजाले नुहाउने गर्दथे भनिन्छ। वस्ती विकाससँगै प्राचिन पोखरी संरक्षण अभावले पुरिएको थियो । स्थानीयले त्यसको महत्व थाहा पाएपनि जुट धुन मात्रै प्रयोग गर्दै आएका थिए
विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेपछि बिराट राजा दरबार क्षेत्रको समेत संरक्षण गरिएको छ । दरबार क्षेत्रसँगै धरहवा पोखरीको स्वरुप फर्काइएको हो ।

यसैगरी विराटनगर–१४ का दुई पोखरीको संरक्षणको काम समेत महानगरपालिकाले अहिले धमाधम अगाडी बढाएको छ । विराट राजा कालिन मण्ठा र रानी पोखरीलाई पुर्नजिवन दिने योजना अनुसार निर्माणको काम धमाधम बढीरहेको हो ।
विराटनगर–१४ को मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माणलाई समेत महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको मण्ठा विराटनगर बसपार्कबाट पाँच किलोमिटर दक्षिण मलाया रोडको ५०० मिटर पूर्वमा अवस्थित छ । रानी नाकाबाट २ किलोमिटर उत्तरमा पर्ने यो पोखरीको सम्बन्ध हस्तिनापुरसँग जोडिएको दावी गरिन्छ ।

मण्ठाले अढाई बिघा क्षेत्रफल चर्चेको छ । जहाँ शिव, पार्वतीको मन्दिर, नाग मन्दिर छ । यहाँ शिवरात्री र छठमा विशेष पुजाआजा हुने गरेको छ । मण्ठा पोखरीको जल निकालेर साउन महिनामा शिवलिङमा चढाउने प्रचलन रहेको छ । पोखरीको फैलावट १५ कठ्ठा जमिनमा रहेको छ । पोखरीको दक्षिणतर्फ बजरंगबली, पूर्वमा दुर्गा मन्दिर र सम्सानघाट रहेको छ । महानगरपालिकाका इन्जिनियर सुजनराज श्रेष्ठका अनुसार मण्ठा पोखरी ग्रीनपार्कमा कवोल गरेको सात करोड ३७ लाख लाख ७९ हजार ५७४ ९मूल्यअभिबृद्धि कर र प्रोभिजननल सम समेत०सम्झौता भएको हो । २०७९ माघ देखि सुरु भएको दुवै पोखरी निर्माणको काम २०८१ माघ ३० सम्ममा सक्नुपर्नेछ । अहिले पोखरी पानी सुकाएर यसको स्वरुप फर्काइएको छ । अब बाहिरी पेरिफेरी सौन्दर्यकरण गर्ने काम हुनेछ ।

मण्ठाको पाँचसय मिटर पूर्वमा दुई बिघा क्षेत्रफलमा फैलिएको रानी पोखरीका समेत मर्मत भईरहेको छ । यहाँ सन्सारीमाईको मन्दिरसहित आकर्षण रहेको छ । विराट राजा कालिन सभ्यतासँग जोडिएको रानी पोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कवोल गरेको छ करोड १६ लाख ६१ हजार ७६ ९मूल्य अभिबृद्धि कर र प्रोभिजनल सम समेत० छ । यो पनि कला विल्डर्सले २०७९ माघ देखि सुरु गरेको हो । दुवै पोखरी एउटै निर्माण कम्पनीले एकै पटक काम सुरु गरेर २०८१ माघ ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ ।

स्थानीयले धार्मिक महत्व बोकेका प्राकृतिक पोखरीहरुको संरक्षणले पर्यटक आउने विश्वास राखेका छन् । दर्शन गर्न आउने भक्तजनका कारण स्थानीयको रोजीरोटीको समेत सवाल जोडिएको छ । पुजाका सामाग्री, चियानास्ताका पसल खोलेर जीविकोपार्जन हुनेमा उनीहरुको विश्वास छ । महानगरपालिका भित्रका प्राकृतिक पोखरीहरु सुक्दै जाँदा दक्षिणी क्षेत्रमा यसको संरक्षणले जलासयको संरक्षण हुने आसा जगाएको छ ।
वातावरणको क्षेत्रमा अध्ययन तथा अनुसन्धान र कलम चलाउँदै आएका उपप्राध्यापक अधिकारीले प्राकृतिक मात्रै नभई धार्मिक र साँस्कृतिक महत्व प्रत्येक पोखरीको हुने बताए । उनले विराटनगरलाई घेरेर वहने सिंघीया र केशलिय खोला शहरका लागि अतिआवश्यक रहेको बताए । उनले सिंघीया–केशलियाको संरक्षण समयमै हुनुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्