गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
हुँदा स्पर्श तिम्राे साँच्चिकै ओखती हुन्थ्यो
नदेख्दा तिमीलाई ममा छटपटी हुन्थ्यो

तिमीले सदा निस्वार्थ माया गरेमा नै
मलाई महल जस्तो त्यही झोपडी हुन्थ्यो

धरोहर सबै आस्था र विश्वास हो भन्दै
म पुग्थेँ ती मन्दिरमा जहाँ आरती हुन्थ्यो

पयरमा जता नैवेद्य भेटी सधैँ चढ्थे
प्रशंसा त्यतै हुन्थ्यो झुटो चाप्लुसी हुन्थ्यो

अनेकौँ रहरका फूल फुल्ने बगैँचाझैँ
ऊ घर आउँदा रमझम मेरो आँगनी हुन्थ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्