विराटनगरमा भारतीय कारबाट बरामद भयो १०३ केजी गाँजा

<span class='c1'>विराटनगरमा भारतीय कारबाट बरामद</span> <span class='c2'>भयो १०३ केजी गाँजा</span>

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले नियन्त्रणमा परेको छ ।

आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको बीआर ३८ एडब्लु ३७७६ नम्बरको कारको डिक्किबाट गाँजा बरामद गरेको हो ।

कारमा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३ किलोग्राम लागुऔषध गाँजा फेला परेपछि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्