तीन अर्ब लगानीमा सोनापुरमा खुल्यो टायल उद्योग, देशकै माटो प्रयोग गर्न अध्ययन

<span class='c1'>तीन अर्ब लगानीमा सोनापुरमा खुल्यो टायल</span> <span class='c2'>उद्योग, देशकै माटो प्रयोग गर्न अध्ययन</span>

विराटनगर । सुनसरीको सोनापुरमा तीनअर्ब लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ । अरिहन्त इन्फ्रा प्रा.लि.ले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको हो ।

अरिहन्त ग्रुपले टायल उद्योगको लामो समय सम्भाव्यता अध्ययन गरेर उत्पादन गर्न थालेको छ । विराटनगरको औद्योगिक घराना लुनियाँ परिवारले टायल उद्योग स्थापना गरेका हुन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा तार र पाइपका उद्योग गिरीश र कार्टुन र कागजका उद्योगमा पारस लुनियाँ सञ्चालक छन् । गिरीश र पारस दाईभाई हुन् । उनीहरुकै योजनामा नयाँ टायल उद्योग स्थापना गरेर गिरीशका छोरा जयेशलाई यसको जिम्मेवारी दिइएको छ ।
उनी सन् २०२२ को आरम्भमा अमेरिकाको बोस्टन युनिभर्सिटीबाट व्यवस्थापनमा ब्याचलर गरिसकेपछि नेपाल फर्केर टायल उद्योग स्थापनाको काममा सक्रिय रहँदै आएका छन् ।

उनले आफ्ना बुबा र काकाको व्यवस्थापनमा सञ्चालित उद्योग भन्दा केहि फरक अनुभवसहित औद्योगिक क्षेत्रमा नयाँ योगदान गर्ने ईच्छा रहेको बताएका छन् ।
सन् २०२२ को फरबरीमा निर्माण सुरु भएको अरिहन्त इन्फ्रा प्रा.लि.ले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको छ । निर्माणदेखि उत्पादनको अवस्थासम्म आउँदा जयेशले नै उद्योगको कमाण्ड गरिरहेका छन् । तीन अर्ब लगानीको उद्योगको उत्पादन अहिले देशभरका बिक्रीका लागि बजार पठाउन थालिएको छ ।

टायलका विभिन्न आकार–प्रकारमध्ये पोर्सलिन, सेरामिक र विक्ट्रिफाइड छन् । जसमा विक्ट्रिफाइड टायल सबैभन्दा स्तरीय मानिन्छ । यो टायलले पानी सोस्तैन । नेपालमा विक्ट्रिफाइड टायलको मेसिन सबैभन्दा पहिले अरिहन्त इन्फ्राले नै भित्र्याएर लगाएको छ ।
उद्योगले २÷२ र २÷४ आकारका फ्लोर टायल तथा १६ इन्च बाई १६ इन्च आकारका पार्किङ टायलको उत्पादन गरिरहेको जानकारी जयेशले दिएका छन् । दैनिक १८ हजार वर्गमिटर टायलको उत्पादन अहिले भईरहेको जनाइएको छ ।

लुनियाँका अनुसार अरिहन्तबाट उत्पादित टायललाई पीजीवीटी सेग्मेन्टका टायल भनिन्छ । पीजीवीटी भन्नाले पोलिस्ड ग्लेज्ड विक्ट्रिफाइड टायल भन्ने बुझिन्छ ।
अरिहन्तले हाल राजस्थानबाट माटो ल्याएर विक्ट्रिफाइड टायलको उत्पादन गरिरहेको छ । नेपालको माटोबाट पनि टायलको उत्पादन गर्न अध्ययन भईरहेको छ । उद्योगको रिसर्च युनिटले नेपालको माटो अध्ययन गरिरहेको जानकारी दिइएको छ ।
नेपालको माटोबाट विक्ट्रिफाइड टायल नै निकाल्न नसकिए पनि पोर्सलिन र सेरामिक टायलको उत्पादन गर्न सकिने विश्वास छ । उद्योगमा दक्ष १ सय र अर्धदक्ष ३ सय गरी कुल ४ सय जनाले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्