-भूपाल अधिकारी
प्यारले आउनू क्षणिक मेरो
हुन्छ हर दर्द कम र ठिक मेरो
छेउ सर्दै नजिक नआऊ है
स्पर्शले हुन्छ मन रसिक मेरो
लाग्छ पीडा दिने थिए धेरै
को खुसीमा भयो सरिक मेरो
जिन्दगानी गयो इसारा मै
आँसु भो दुःखको प्रतिक मेरो
हेर डर्ला बरु उ नै भन्छु
मृत्यु आयो भने नजिक मेरो
विराटनगर