समता लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

<span class='c1'>समता लघुवित्तको एफपीओमा आजदेखि</span> <span class='c2'>आवेदन दिन सकिने</span>

काठमाडौं । समता घरेलु लघुवित्तले आज सोमबारदेखि आफ्नो एफपीओ (फर्दर पब्लिक अफरिङ) आवेदन खुला गरेको छ। कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्दैछ, जसको मूल्य प्रति कित्ता १ सय रुपैयाँ तोकिएको छ ।

आवेदन कात्तिक २० गतेसम्म मेरोसेयर प्रणाली तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिन सकिनेछ ।

यस एफपीओको माध्यमबाट कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिनेछ। एफपीओ निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

नेपालको कानुन अनुसार, बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल सेयरको कम्तीमा ३० प्रतिशत सर्वसाधारणलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

समता घरेलु लघुवित्तको सर्वसाधारण सेयर हाल २६.२० प्रतिशत मात्र भएकोले, यो एफपीओ जारी गरिएको हो । एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्नेछ ।

समता घरेलु लघुवित्त साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर बनेको हो । हिजो आइतबार बजार बन्द हुँदा यसको मूल्य प्रतिकित्ता ८५२ रुपैयाँ रहेको थियो । कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्