विराटनगरमा अङ्गभङ्ग हुने गरि अपाङ्गता भएका गुरुङलाई कुटपिट गर्ने ‘बब’ पक्राउ

<span class='c1'>विराटनगरमा अङ्गभङ्ग हुने गरि अपाङ्गता भएका</span> <span class='c2'>गुरुङलाई कुटपिट गर्ने ‘बब’ पक्राउ</span>

विराटनगर । गोरखाबाट विराटनगर आईपुगेका कैलाशकुमार गुरुङलाई कुटपिट गरेर सख्त घाईते बनाउन संलग्न आरोपमा प्रहरीले विराटनगर ११ घर भएका राजकुमार सहनीलाई पक्राउ गरेको छ ।

गत कात्तिक ४ गते बिहान गुरुङलाई नियन्त्रणमा लिएर कुटपिट तथा अंगभङ्ग बनाएको आरोपमा २४ वर्षीय ‘बब’ भनिने सहनीलाई आइतबार बेलुका पक्राउ गरिएको हो ।

गुरुङलाई कुटपिट गरेर उनको दुवै हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीले घटनास्थलको सुक्ष्म अवलोकन तथा अनुसन्धान, गोप्य रुपमा सोधपुछ तथा सिसी टीभि फुटेज समेतको अध्ययन÷विश्लेषण गर्दा घटनामा संलग्नको पहिचान खुलेको थियो ।

‘बब’ भनेर चिनिने २४ वर्षीय राजकुमार सहनीले घटना घटाएको तथ्य स–प्रमाण खुलाएको प्रहरीले बताएको छ । उनलाई आइतबार बेलेका ९ बजे बिराटनगर–११, बसपार्कबाट नियन्त्रणमा लिई “कुटपिट तथा अंगभंग” शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्