सकारात्मक विचारको दियो बलोस, तिहारको शुभकामना

<span class='c1'>सकारात्मक विचारको दियो</span> <span class='c2'>बलोस, तिहारको शुभकामना</span>

हिन्दूहरुले मनाउने पर्व दिपावली बत्ति बालेर घर, पसल आदि सजाउने, प्रकृति र मानवताबीचको सम्बन्ध गाँस्ने अनि दिदीबहिनी–दाजुभाईबीचको सम्बन्धलाई दर्शाउने पर्व हो । दिवावली अर्थात तिहार नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले मनाउँछन् । दीपावली अर्थात ‘रोशनीको पर्व’ शरद ऋतुमा हरेक वर्ष मनाइने प्राचीन पर्व हो । भारतमा दीवालीको रुपमा मनाइने सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मानिन्छ । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजय दर्शाउँने भावमा बुझिन्छ ।

नेपालमा मनाइने दोस्रो ठूलो पर्वको तिहार पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गरिन्छ । मानव र प्रकृति बीचको अन्तरसम्बन्धलाई तिहारले सौन्दर्यतापूर्वक आत्मसात गरेको छ । लक्ष्मी पूजाको दिनलाई तिहारको विशेष महत्वको रुपमा हेरिन्छ भने भाईटिकाले दिदीबहिनी र दाजुभाईबीचको भावनात्मक एकतालाई पर्वको रुपमा जोडिदिन्छ । दिदीबहिनीलाई टिका लगाईदिने र मिष्ठान परिकार खुवाउने, मखमली फूलको माला लगिदिने प्रचलन रहेको छ । मनोहर व्यवहारले भाईबहिनीको प्रेमको उजागर गरेको छ ।

यसको प्राचिन र धार्मिक मान्यता भनेको यमराजलाई बहिनी यमुनाले बारबार बोलाउँदा पनि व्यस्तताले बहिनीको घरमा नआएको हुँदा यसैदिनको लागि बहिनी यमुनाले घर आउनको लागि वचन दिन्छन् । यमराज पनि यमुनाको घरमा त्यहि दिन पुग्छन् । बहिनीले भाइ यमराजले स्नान गर्न लगाएर, तेल लगाईदिइन । टिका र माला पनि लगाई दिइन् । बहिनीको प्रेम पूर्ण सम्मानले यमराज प्रसन्न भएर वरदान माग्नको लागि आग्रह गरे । यमुनाले हरेक वर्ष आफ्नो घरमा आई टिका स्वीकार गर्न बिन्ति गरिन । यमराजले तथास्तु भनेर बिदा भए । यसै पौराणिक कथाको आधारमा हामी यो पर्वलाई मनाउने चलन चलेको किम्बदन्ती छ ।

खुसीयाली र उज्यालोको पर्व तिहारका धेरै आकर्षक र सुन्दर पक्षहरु छन् । त्यति मात्रै नभई यसको केही नराम्रा पक्षहरु पनि छन् । धेरै मानिसहरुले खुसीयालीको यो उत्सव मनाउन पटाका पड्काउने गर्छन् जसले विषालु धुँवा वायुमण्डलमा फैलन्छ र वातावरणलाई नै विषाक्त बनाइदिन्छ । यस्तो धुँवाले दमका रोगीहरुलाई नोक्सान पुर्याँउछ । बच्चा, वृद्धवृद्धा जवान सबै उमेरका मानिसहरुलाई यसले असर गर्छ । श्वासप्रश्वासका बिरामी बाहेक पटाकाको ठूलो आवाजले कानलाई पनि असर गर्छ । यस्तो आवाजले मानिस मात्रै होइन जनावरहरु पनि तर्सिन्छन् । यसले ध्वनी प्रदुषण गराउँछ । ध्वनी प्रदुषण कम गर्नको लागि अस्पताल र विद्यालयहरुलाई साइलेन्स जोन घोषणा गरिएको हुन्छ जँहा चर्को आवाजमा हर्न बनाउन निषेध गरिएको हुन्छ । तिहारमा टोलै थर्किने गरि कसैले चर्को आवाज आउने पटाका, बम र अन्य चीजहरु पड्काएको धेरैलाई मन पर्दैन । तर, पनि यसको स्वनियन्त्रण समेत हुने अवस्था छैन ।

राम्रोसँगै नराम्रा पक्ष समेत प्रवल भएर देखिनु समाज विकास विज्ञानको नियम नै हो । साँस्कृतिक पर्वहरुलाई समाजले फरक ढंगले स्वीकार गर्दै यसमा रमाउने प्रचलन छ । यद्यपी सबैले सकारात्मक पक्षलाई बढी स्वीकार गर्नु राम्रो हुन्छ । नकारात्मक विकारयुक्त कुराहरु त्याग्ने सद्बुद्धि हामी सबैलाई प्राप्त होस्, शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्