विराटनगर । छठ पर्व मनाउनका लागि काेशी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएकाे छ ।
सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन हुनेछ । बिहीबार संघीय सरकारले बिदा दिएकाे छ । प्रदेश सरकारले शुक्रबार १४ जिल्लामा छठ समापनकाे बिदा दिएकाे हाे ।
पहिलो दिन मंगलबार नहाय खाय मनाइँदैछ । बुधबार खरना पर्व मनाइन्छ । तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो । तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ्य दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।
तराई मधेसमा छठ पर्वको तयारी भइरहेको छ । छठको पूजाका लागि बजारमा किनमेलका लागि घुइँचो लागेको छ । नदी, पोखरी तथा जलाशयलाई पनि सजाइएको छ ।
प्रदेश सरकारले २५ गते आइतबार पनि सार्बजनिक विदा दिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको हो ।
फोटो:फाइल