-अरुण खड्का
भुलाएर प्यासी नजरको नशामा
डुबायो कसैले अधरको नशामा
नथाक्ने कहिल्यै चियाएर आँखा
फसेको छ दिल यो रहरको नशामा
म पुग्थेँ जहाँ झन् थियो बात बेग्लै
बसेको थियो लत सफरको नशामा
नबोलेर बस्दा बढो पीर पर्ने
हुने मन हमेसा खबरको नशामा
जुनीभर मलाई मिले साथ तिम्रो
रमाएर बस्थेँ असरको नशामा