विराट कोहलीको टेस्ट करियरको ३० औं शतक

<span class='c1'>विराट कोहलीको टेस्ट करियरको</span> <span class='c2'>३० औं शतक</span>

काठमाडौं । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् ।

अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् ।

उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् । भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७/६ मा आफ्नो इनिङ्स घोषणा गरेको थियो । योसँगै अष्ट्रेलियालाई ५३४ रनको लक्ष्य प्राप्त गरेको छ । रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा १२ रनमा ३ विकेट गुमाएको छ । उस्मान ख्वाजा ३ रनमा नटआउट रहेका छन् । मार्नस लाबुसचेन ३, कप्तान प्याट कमिन्स २ र नाथन म्याकस्विनी खाता नखोली नै पभेलियन फर्किएका थिए ।

जसप्रित बुमराहले २ र मोहम्मद सिराजले एक विकेट लिए । भारतीय पारिमा जैसवाल–कोहलीबाहेक नितिश रेड्डी ३८ रन बनाएर नटआउट फर्किए । वासिङ्टन सुन्दरले २९ रन, देवदत्त पडिक्कलले २५ रन र केएल राहुलले ७७ रन बनाए । नाथन लियोनले २ विकेट लिए । बिहान १७२ रनको स्कोर बनाएर तेस्रो दिनको सुरुआत भारतले गरेको थियो । पहिलो इनिङ्समा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो भने भारत १५० रनमा समेटिएको थियो । पहिलो पारिको स्कोरका कारण भारत ४६ रनले अगाडि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्