कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त

<span class='c1'>कोशी प्रदेशका पूर्वमन्त्री</span> <span class='c2'>लिलाबल्लभ अधिकारी हिरासतमुक्त</span>

काठमाडौँ । मानव तस्करीको आरोपमा अनुसन्धानमा तानिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी आज(सोमबार) साँझ हिरासतमुक्त भएका छन् ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेसँगै उनी हिरासतमुक्त भएका हुन्।

जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई पर्याप्त आधार र प्रमाण नदेखिएको जनाउँदै मुद्दा नचलाउने निर्णय गरेको थियो। सोही आधारमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनलाई श्रीमतीको जिम्मा लगाइएको छ। अन्य आरोपी ११ जनाविरुद्ध भने काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज, आफैँले अध्यागमनलाई जानकारी गराएको, विमानस्थलको सिसी टिभी फुटेजमा अन्य आरोपीसँग नदेखिएको, इन्कारी बयान दिएकोलगायतलाई आधार मानेर मुद्दा नचलाउने निर्णय भएको जनाइएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्