च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको जीत

<span class='c1'>च्याम्पियन्स लिगमा रियलमाथि</span> <span class='c2'>लिभरपुलको जीत</span>

काठमाडौं । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २–० ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो ।
त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो । एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले ५२ र र कोडी गाक्पोले ७६ औ मिनेटमा लिभरपुलका लागि गोल गरेका हुन् । यो जितसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जित हो । लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्