विराटनगर । नेपाल जनस्वास्थ्य संघले दिवसको अवसर पारेर सात प्रदेश सात कार्यक्रम आयोजना गर्ने भएको छ । संघको मंसिर २३ गते स्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रममा जुटेको हो ।
संघका कोशी अध्यक्ष ब्रजेस मेहताका अनुसार पहिलो कार्यक्रम शुक्रबार (मंसिर १४ गते) विराटनगरमा हुनेछ । त्यसपछि लगातार २० गतेसम्म प्रदेशस्तरीय कार्यक्रम हुनेछ ।
प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा सरोकारवाला मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थिति रहने बताइएको छ । प्रदेश स्वास्थ्यको अवस्था, आगामी रणनीतिका बारेमा बृहत छलफल आयोजना गरिने बताइएको छ ।