एनपीएलमा आज पनि दुई खेल हुदै

<span class='c1'>एनपीएलमा आज पनि</span> <span class='c2'>दुई खेल हुदै</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुदैँछ ।

आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैँछ । आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ ।

विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।
यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुदैँछ । चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्