पत्रकार महासंघ निर्वाचन : कोशीमा यूनियन–चौतारी तालमेल छिचोलेर सेन्टर–समाजवादी प्रेसका तीनजना निर्विरोध निर्वाचित

<span class='c1'>पत्रकार महासंघ निर्वाचन : कोशीमा यूनियन–चौतारी तालमेल</span> <span class='c2'>छिचोलेर सेन्टर–समाजवादी प्रेसका तीनजना निर्विरोध निर्वाचित</span>

विराटनगर । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि पत्रकारहरुको सरगर्मी बढ्दै गएको छ । केन्द्र , प्रदेश र जिल्लाको एकैपटक मसिर २८ गते हुने निर्वाचनको छुटाछुटै समुहगत उमेदवार परेका छन् । जसमा सरकार घटक नेपाली काँग्रेसको शुभेच्छुक नेपाल प्रेस यूनियन र एमालेको भातृ संगठन प्रेस चौतारी मोरङको संयुक्त प्यानलले प्रेस सेन्टर र समाजवादी प्रेससँग मोर्चाबन्दी गरेका छन् ।

यसपटकको निर्वाचनमा नेपाली काँग्रेस निकट प्रेस यूनियन र नेकपा एमाले निकट प्रेस चौतरीको संयुक्त गठबन्धन रहेको छ भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायत पत्रकार निकट संघको साझा उम्मेदवार छन् । त्यसैगरी यसपटक नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज) १ ले आफ्नो तर्फबाट छुटै उम्मेदवार उठाएको छ ।

यता पत्रकार महासंघ कोशी प्रदेशमा अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । सोमबार विराटनगरस्थित महासंघको प्रदेश कार्यालयमा अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए । अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी छ । भरत सत्ता गठबन्धन नेपाली काँग्रेस निकट प्रेस यूनियन र नेकपा एमाले निकट प्रेस चौतरीको संयुक्त गठबन्धनको उम्मेदवार हुन् । गौतम प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत पत्रकार निकट संघको साझा उम्मेदवार हुन् । लामा नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ को तर्फबाट उम्मेदवार भएका हुन् ।

मनोनयन दर्तामा ७ जनाको पदाधिकारीमा १८ जनाको उम्मेवारी परेको हो । त्यसैगरी १४ जना सदस्य पदको लागि २६ जनाको उम्मेदवारी रहेको छ । जसमध्ये केहिको खारेजी भईसकेको छ । हालसम्म कोशी प्रदेश पत्रकार महासंघमा प्रेस सेन्टर र समाजवादी प्रेसको संयुक्त गठबन्धनले खुल्ला सचिव धु्रव भट्टराई, सदस्यमा बुद्ध सोङमी र अनिता बिकलाई निर्वाचित गराएका छन् । काँग्रेस र एमाले निकट पत्रकारको संयुक्त प्यानल बन्दा समेत मंगलबार उमेदवारको अन्तिम नामावली सार्वजानिक गर्दा तीनजना निर्विरोध निर्वाचित भईसकेका हुन् ।

कोशी प्रदेशमा १ हजार २ सय ३८ जना महासंघको सदस्य रहेको छन् । त्यसैगरी जिल्लाको मनोनय दर्ता भोली मंसिर २६ गते रहेको रहेको छ । यता मोरङ जिल्ला शाखाले मंगलबार आन्तरिक छलफल गरी निर्वाचनको लागि अन्तिम तयारीमा जुटेको जिल्ला सचिव नेत्र पि अधिकारीले जानकारी दिए । मोरङमा हाल १९० बढी सदस्यता रहेका छन् । जिल्लाको अध्यक्षको आकांक्षीहरुको अन्तिम नाम सार्वजानिक भईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्