राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाँचवटा देशका राजदूत नियुक्त

<span class='c1'>राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाँचवटा</span> <span class='c2'>देशका राजदूत नियुक्त</span>

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल र स्पेनका लागि सनिल नेपाल नियुक्त भएका छन् ।

यस्तै दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको हो ।

यसअघि मन्त्रिपरिषद्ले राजदुत नियुक्तिका लागि यीनै व्यक्तिहरुको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्