लागुऔषध दुर्व्यसन विरुद्ध चार वटा भाषा निर्माण गरिएको सचेतनामुलक भिडियो सार्वजनिक

<span class='c1'>लागुऔषध दुर्व्यसन विरुद्ध चार वटा भाषा</span> <span class='c2'>निर्माण गरिएको सचेतनामुलक भिडियो सार्वजनिक</span>

प्रेम देवान
विराटनगर । तराई ,पहाडमा बोलिने चार वटा भाषामा समेटेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक सन्देश बोकेको भिडियो सार्वजनिक गरेको छ ।

कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयले लिम्बु, बान्तावा, थारु र मैथिली भाषामा समेटेर बनाइएको सचेतनामुलुक भिडियो मंगलबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको हो ।

प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको अनावरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले रिमोट थिचेर भिडियो सार्वजनिक गरिएको हो । सचेतनामुलक सन्देश बोकेको भिडियोमा नेपाल प्रहरीका प्रहरी जवानहरुलाई समेटिएको थियो ।

डिआईजी खापुङ्गको निर्देशनमा बनाईएको २ –२ मिनेटको भिडियो मोरङको केराबारी, झोराहाट, सुनसरीको बर्जु गाँउपालीकाका विभिन्न स्थानहरुका छायाकंन गरिएको छ। भिडियोमा लागुऔषध प्रयोगले पार्ने असर तथा नोक्सानीले पुर्याएको क्षति बारे सन्देश समेटिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआईजी चन्द्र कुबेर खापुङ्गले यस अघि “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेका थिए । लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको थियो । त्यसैको फलस्वरुप अहिले पुन लागुऔषध विरुद्धको सचेतनामुलक भिडियो निर्माण गरिएको डिआईजी खापुङ्गले बताउनुभयो । कोशी प्रदेशमा विभिन्न जातजातिहरुको बसोबास भएका कारण चार वटा भाषामा समेटेर भिडियो सामाग्री निर्माण गरिएको खापुङ्गले जानकारी दिनुभयो ।

यस किसिमका कार्यक्रमले लागू औषध दुर्व्यसनबाट हुने अपराध न्यूनीकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने खापुङ्गको बुझाई छ ।पछिल्लो समय तराई, पहाड सबै ठाउँहरुमा लागुऔषध सेवनकर्ताहरु बढ्दै गएका कारण सबै भाषामा समेटेर बनाइएका यस किसिमका सन्देशमुलक भिडियो सामाग्रीहरुले कम गर्न कोशे ढुङ्गा सवित हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभयो । यस अघि पनि आफु मुख्यमन्त्री हुदाँ लागुऔषध नियन्त्रण गर्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको बताउदै आगामी दिनहरु यसलाई रोकथाम तथा नियन्त्रण गर्न समाजका सबै सचेत नागरिक अझ विशेष रुपमा नेपाल प्रहरीले भुमिका खेल्नुपर्ने कार्कीले बताउनुभयो ।

उक्त कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्य मन्त्री सिर्जना राई, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव दामोदर फुयल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कमल थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेसहित प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्