गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
अँध्यारो रातमा मन्दाकिनी झलमल कहाँ हुन्छ
भुईँमान्छेको पीडा दुःखमा छलफल कहाँ हुन्छ

दियो जसले सधैँ दिलमा अनौठा चोटका पोका
उसैको सम्झनामा मन सधैँ तलतल कहाँ हुन्छ

नखाएको जहर लाग्यो सबै सपना खरानी भो
मरेको चाहना बोकी हृदय झलझल कहाँ हुन्छ

हुँदा साथी पराई ढुकढुकी साहृै भयो दुःखी
ऊ भन्थ्यो जिन्दगी हाम्रो सधैँ दुर्बल कहाँ हुन्छ

बसेको हुन्छ हरकोही उज्यालोको प्रहर पर्खी
उदाएनन् भने सूर्य निशाको हल कहाँ हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्