कबड्डी लिगमा विराटनगर ब्यान्डिन्ट्सको लगातार दोस्रो जित

<span class='c1'>कबड्डी लिगमा विराटनगर ब्यान्डिन्ट्सको</span> <span class='c2'>लगातार दोस्रो जित</span>

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिन्ट्सले काठमाडौं माभरिक्सलाई ४४–४३ को झिनो अन्तरमा हराएको छ ।

आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पहिलो खेलमा विराटनगरले उत्कृष्ट सुरूवात गरेको हो ।

६–२ को अग्रता रहँदा पहिलो पटक काठमाडौंलाई अल आउट गर्दै १०–२ को अग्रता बनायो । विराटनगर लगातार दोस्रो जित दर्ज गर्न सफल भएको छ ।
यसपछि दोस्रो अल आउट १६– ४ मा गर्यो र थप स्कोर गर्यो। आरामदायी अग्रता बनाउने क्रममा २२– ५ ले विराटनगर अगाडि थियो । तर यसपपछि काठमाडौंका कप्तान तथा मार्की घनश्याम रोक्का मगरको सानदार प्रदर्शनमा काठमाडौं लगातार १० स्कोर गर्न सफल भयो ।

घनश्यामको सुपर रेडमा काठमाडौंले ३ स्कोर गर्यो । लगतै उनले अर्को स्कोर गरे । यसपछि काठमाडौं विराटनगरलाई अल आउट गर्न पनि सफल रह्यो ।
तर खेलको ९ मिनेट बाकी छँदा घनश्याम कोर्ट प्रवेश गरेसँगै काठमाडौंको खेल उनमै निर्भर रह्यो । उनले नै विराटनगरलाई अल आउट गर्दा खेल ३६–३३ मा पुग्यो । काठमाडौंले अग्रता तीन अंकमा झार्यो । अन्तिम ५२ सेकेन्डको खेल बाकी छँदा घनश्यामले दुई अंक जोड्दा खेल ४१–४१ को बराबरीमा पुग्यो ।
सानदार कमब्याक गरेपनि २२ सेकेन्ड बाकी छँदा विराटनगरका नोफादोन पोन्टाइसङ एक्लै बाकी थिए । यो अवस्थामा उनले सुपर रेडबाट तीन स्कोर गर्दा विराटनगरलाई ४४–४२ मा पुर्याउँदै रोमाञ्चक शैलीमा टिमलाई जिततर्फ डोर्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्