विराटनगर । अत्याधिक जाडो बढेसँगै मोरङको जहदा गाउँपालिकाले पालिका भित्रका सरकारी तथा नीजि विद्यालयहरु दुई दिनको लागि विदा दिने निर्णय गरेको छ ।
बिहानैदेखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै गाउँपालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको हो ।
माघ महिना लागेदेखि नै बिहानैदेखि हुस्सु लाग्ने तर घाम नलाग्ने समस्या भएको कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै दुई दिन विद्यालय विदा दिएको जहदा गाउँपालिकाले जनाएको छ ।
जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै विद्यालय माघ १० र ११ गते विद्यार्थीहरुलाई विदा दिएको गाउँपालिकाका शिक्षा अधिकृत दिपक खनालले जानकारी दिए।
फोटो:फाइल