विराटनगरमा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप माघ २३ गतेदेखि

<span class='c1'>विराटनगरमा पाठेघर मुखको क्यान्सर विरुद्धको</span> <span class='c2'>खोप माघ २३ गतेदेखि</span>

विराटनगर । विराटनगर महानगरपालिका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी माघ २३ देखि फागुन ७ गतेसम्म महानगरका १९ वटै वडा र विद्यालयमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानका विषयमा आइतबार महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो ।

विद्यालय जाने किशोरीहरु कक्षा ६ देखि १० सम्म विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने महानगरकी उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनले सबैले यो अभियानलाई सार्थक बनाउन आह्वान गरेकी छिन् । क्यान्सरजस्तो घातक रोग रोकथाममा सहयोग पु¥याउन समेत उनले १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप उपयोग गराउन अभिभावकसँग अनुरोध गरेकी छिन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, सुन्तली विश्वकर्मा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको अभिमुखीकरणमा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

खोप अधिकृत भण्डारीले नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जानकारी दिएका थिए । जसबाट १ हजार ३१३ जना अर्थात् कुल बिरामीमध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरिएको थियो । भण्डारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट औसतमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल र भयावह भएको उनले बताए ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानलाई सफल बनाउन १९ वटै वडामा माइकिङ, वडावडामा सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिनेछ । महानगरभित्र १२१ वटा विद्यालय, २९ वटा समुदाय र १९ वटा वडा स्वास्थ्य कार्यालयसहित १६९ वटा खोप केन्द्र तोकिएका छन् । खोप अभियानमा करिब २ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिएका छन् । विद्यालयबाहिरका २ हजार ७ जनासहित १४ हजार ४८६ जनालाई खोप लगाउने लक्ष्य राखिएको गौतमले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्