चिया र कफी पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

<span class='c1'>चिया र कफी पिउनु स्वास्थ्यका</span> <span class='c2'>लागि कति फाइदाजनक ?</span>

इन्दु साह
विराटनगर । विराटनगरमा चिया र कफी पिउने संस्कृति बढ्दो छ । बिहान-बेलुका साथीभाई भेटघाटमा चियाको चुस्की लिँदै गफ गर्ने चलन छ । शहरका गल्ली-गल्लीमा चिया पसल खुलेका छन् । केहीले कफी पिउन रुचाउँछन् । कफी पिउनेले चिया स्वास्थ्यका लागि हानिकारक भएको बताउँछन् ।

यता विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत चिकित्सक डा. राहुल कुशवाहाले कफी पिउनाले अनेकौं स्वास्थ्य फाइदाहरू हुने निष्कर्ष निकालेका छन्। विराटनगरका प्रायजसो हरेक मानिसमा चिया पिउने बानी छ । युवा होस् वा ज्येष्ठ नागरिकमा पनि चियाको रुचि उतिकै देखिन्छ । तर चिया भन्दा कफीका स्वास्थ्य फाइदाहरूलाई बेवास्ता गर्न नसकिने डा. कुशवाहा बताउछन् । उनका अनुसार कफीले शरीरको मेटाबोलिज्म बढाउने, मस्तिष्कको कार्यक्षमता सुधार्ने र हृदय रोगको जोखिम घटाउने जस्ता महत्वपूर्ण फाइदाहरू प्रदान गर्छ ।

भारतीय विशेषज्ञ डा. एस.के. सरिनको अनुसन्धानलाई उद्धृत गर्दै डा. कुशवाहाले कफीले टाइप २ डायबिटिज र डिमेन्सियाको जोखिम पनि कम गर्ने बताए । यसका साथै कफीमा एन्टि–एजिङका गुणहरू पनि पाइएको छ । तर चियाको लत भएका धेरै नागरीकले भने चिया पिउन छोड्न गाह्रो मान्छन्। कुशवाहा भन्छन् अस्पतालमा आउने केहि नागरिकले भने कुराकानीको क्रममा चिया नपिउँदा टाउको दुखाइ हुने वा पाचन प्रणालीमा समस्या आउने लगायतका समस्या बताउने गर्छन् । डा. कुशवाहा भन्छन् यस्ता कुराहरु अफवाहा मात्र हुन् । साथै उनले कफी पिउँदा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू पनि औंल्याएको छन् ।

डाक्टरका अनुसार कफि पिउदा दैनिक सीमित मात्रामा मात्र पिउने,कम चिनीको प्रयोग गर्ने,गुणस्तरीय कफी छनोट गर्ने,बनाएको २० मिनेट भित्र सेवन गरीसक्नुपर्छ । यद्यपि कफीलाई अझै पनि महँगो पेय पदार्थको रूपमा हेर्ने गरेको पाइन्छ। तर डा. कुशवाहाका अनुसार यसको स्वास्थ्य लाभहरूलाई ध्यानमा राख्दा यो चियाको एक लाभदायक विकल्प हो। कफी र चिया दुवैका आफ्नै आफ्नै फाइदाहरू छन्, तर कफीका वैज्ञानिक रूपमा प्रमाणित स्वास्थ्य लाभहरूलाई नकार्न सकिँदैन उनले भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्