इन्दु साह
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधि धमाधम थपिदो छ ।
प्रविधिसँगै सेवाको स्तरोन्नति हुने क्रम समेत तीव्र बनेको हो । विराटनगर स्वास्थ्य क्षेत्रको हबको विकास भईरहेको बेला अस्पतालहरुले एशियामा गणना हुने अत्याधुनिक प्रविधि र उपकरणहरु भित्रनु सुखद मानिएको छ । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले हालै क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक मेशिन जडान गरेको छ । यो मेशिन एसियाभरमा जम्मा ९ वटा अस्पतालमा मात्र उपलब्ध रहेको दावी छ ।
क्यान्सरका सेलहरुलाई मेशिनबाटै निर्मूल पार्न सक्ने यो प्रविधि एसियामा नवौं अस्पताल नोबेलले भित्रिएको हो । यो प्रविधिसँगै नोबेल मेडिकज्ञल कलेजले ३ अर्ब ४० करोड रुपैयाँको लागतमा क्यान्सर विभागको पूर्वाधार निर्माण समेत निर्माण भएको छ । जसले सेवा विस्तारलाई समेत ध्यान दिइएको छ । यसैगरी विराट टिचिङ अस्पतालले पनि विभिन्न रोगको उपचारमा सहजता ल्याउने उद्देश्यले नवीनतम प्रविधिका उपकरणहरु भित्र्याएको छ । शल्यक्रिया र बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन आधुनिक उपकरणहरु जडान गरिएको हो ।
न्यूरो अस्पतालले बिहीबार एक कार्यक्रमबीच मोड्युलर अपरेशन थिएटरको उद्घाटन गरेको छ । यो थिएटरले न्युरोसम्बन्धी जटिल शल्यक्रियाहरु अझ सुरक्षित र सफल बनाउने विश्वास अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरो फिजिसियन डा. विरेन्द्र कुमार बिष्ठको भनाई छ । विराटनगरका अस्पतालहरुमा भएको यो प्रविधि विस्तारले स्थानीय नागरिकका साथै नेपालका विभिन्न स्थानबाट उपचार गरान आउने गन्तव्य बनेको छ ।