दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, चार देशको सहभागिता

<span class='c1'>दोस्रो ‘एसियन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा</span> <span class='c2'>सुरु, चार देशको सहभागिता</span>

विराटनगर । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ । प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।
यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन्। ।


अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ । यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य राखेका छन्। ।
प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथिको रूपमा बोल्दै अन्तर्राष्ट्रिय प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए । मन्त्री भण्डारीका अनुसार, यस्ता खेलकुद गतिविधिहरूले प्रदेशको खेल क्षेत्रको विकास मात्र नभई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्। मन्त्री भण्डारीले प्रदेश सरकारले आउँदो वर्षको बजेटमा सुटिङबल खेललाई समेट्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा एसीयन सुटिङबल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोर प्रतियोगिताको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्दै महासचिव तमोरले देशहरू बीचको मित्रता सुदृढ गर्न यस्ता खेलकुद कार्यक्रम प्रभावकारी हुने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्