- सुरेशकुमार पाण्डे
" ला खा ! अब स्वाद भेटीस् ?"- प्रसादले एक झापट लगाउँदै भन्यो। पिमे मलिन अधरलिएर अलि पछि हट्यो।
तर प्रसादले उसलाइ कीन झापड लगायो उसले बुझेन।बिचरा बुझ्थ्यो पनि कसरी बुझ्थ्यो।ऊ सानो बालक थियो।
सबै आ आफ्नै काममा व्यस्थ थिए। ऊ बालख फेरी त्यो पाकेको मनबक् तिर लाग्यो।
" फेरी आयो यो अधर्मि एक थप्डले चेतेन ला खा "-अहिले प्रसादले दुइ झापड लगाइदियो।त्यो पनि कानमा।पिमे चिच्याइ चिच्यई रून थाल्यो।
" केभयो बाबुलाई ?" पिमे रोएको सुनेर भाँडा माझिरहेकी बल्छी नजिकै आइ।
" ए बल्छि तँलाई थाहा छैन पुजाको प्रसाद बन्दै छ । तेरो छोराले ऊ त्यो भाँडोमा राखेको सबै छोयो।विल्टो गरायो अभ बुक्ते ।"-प्रसादले बल्छिलाई हकार्दै भन्यो।
पिमेको कानबाट रगत बगिरहेको थियो। " बाजे ! यो त सानो चार वर्षको बालख हो । यसलाई यसरी पिट्नुको सट्टा सम्झाउँन सकिन्थ्यो नी हजुरले मलाई भन्दिएको भ एपनि हुन्थ्यो। "- बल्छिले भनी।
" तँलाई थाहा छ सम्झाएं की सम्झाइन पापेनी । सोध यसलाई सम्झाएको थिएं तर मानेन। रीसको झोंकमा गालामा हानेको कानमा लागेछ।- प्रसादले भन्यो।
" अनि यो सानु बाबुले यसरी पिटाइखाने गलती के गर्यो त ?"- बल्छिले सोधि। "सुनिस् अंघी भनेको त्यो सबै मनबक छोयो तेरो छोराले। अरूले देखेको भए कसैले खांदैनन्। "- प्रसादले भन्यो।
" भाँडो पनि होइन उसले त अगेनाको दाउरा छोयो तर मैले बाहीर बसेर माझेको भांडा त होनी त्यो सबै बिल्टो भएन ?"- बल्छिले भनी। " धेरै नबोल अधर्मि तैले पनि खालिस।"- प्रसादले बल्छिलाई हकार्दै भन्यो।
" हजुरले कस्तो धर्म गर्न थाल्नुभएको ? एउटा अवोध चार वर्षिय बालकलाई पिटेर । गरिब र दलित भनेर ह्याप्न पाइन्छ।
यस लाई तुरून्तै औषधी गर्नुहोस यदी यो बालकलाई केही भयो भने म कोटमा लिएर जान्छु।अनि हजुरलाई थाहा हुन्छ धर्म र पापको परिभाषा ।"- जुठेले प्रसादलाई धम्कायो।
" तिमी को हौ ?"- प्रसादले बुझ्न खोज्यो।
" म नेपाली छोरा पेसाले व़किल ।छिट्टै उपचार गराउँनुहुन्छ की कोटमा जानुपर्छ ?"- जुठेले आफ्नो परिचय दिंदै भन्यो।
" हस् ! ए बल्छि हिंड डाक्टरकोमा बाबुलाई जचाउँन।"-प्रसाद उपचार गराउँन राजी भयो।
घोराही-१८,दाङ