क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी : मन्त्री पौडेल

<span class='c1'>क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा</span> <span class='c2'>काम गर्न जरुरी : मन्त्री पौडेल</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् ।

मंगलबार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यानसरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले क्यानसर निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी छ । यसमा चै उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, दिदिहरु र मेरा समकक्षी साथिहरु थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मत्यु हुने तथ्याङक हामीसंग छ । यो भनेको भयावह अवस्था हो । त्यसैैले यसलाई न्यूनिकरण गर्दै निवारणको स्थितिमा कसरी पुर्याउन सकिन्छ । विश्व स्वास्थ संगठनको र हाम्रो पनि लक्ष्य त्यही छ । यो निवारणको तहमा पुर्याउनको लागी हामीहरु सबैले मेहनत गर्न जरुरी छ ।’

मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न प्रष्ट दृस्टिकोणसहित अगि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्